२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको चिनारी विमोचन कार्यक्रम सम्पन्न

spot_img

दाङ ।
नेपाल ज्योतिष लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेश अन्तर्गतका बाह्र जिल्लाहरूलाई समेटेर तयार गरिएको नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको चिनारी २०७९ पुस्तिका घोराही उपमहानगरपालिकाको सभाहलमा एक भव्य र सव्य कार्यक्रम गरी सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो. श्री मेघराज आचार्यको सभापतित्व, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सी. प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी श्री हीरालाल रेग्मी , नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव अर्जुनप्रसाद भट्टराई , प्रहरी उपरीक्षक एसपी श्री वीरबहादुर ओली विशिष्ट अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा घोराही उपमहानगरपालिका प्रमुखका सल्लाहकार अरूण आचार्य, कर्मकाण्ड प्रशिक्षणका प्रशिक्षक मदन सुवेदी, जनता मा.वि.का शिक्षक अजय गौतम, ब्राह्मण समाज दाङका अध्यक्ष विष्णु गौतम लगायत ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिका पदाधिकारी र सदस्यहरू, दाङ जिल्ला समितिका पदाधिकारी, सदस्यहरू तथा कर्मकाण्ड प्रशिक्षणका प्रशिक्षार्थी तथा ज्योतिष, धर्मशास्त्र अनुरागी तथा शुभेच्छुकहरूको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि हुमा डिसीले ज्योतिष तथा वास्तु र कर्मकाण्ड आजका आवश्यकता हुन यिनको संरक्षणमा हामी सबै मिलेर अगाडि बढौँ भन्दै आफ्नो मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिले सह्रानिय काम गरेको र परिषद् आवद्ध व्यक्तिले परिषद्को काममा दत्तचित्त भएर लाग्नुपर्ने र विकृति विसङ्गति हटाएर ज्योतिष पेशालाई मर्यादित विश्वसनीय बनाउनु पर्दछ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै