२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

निरन्तर बर्षाको कारण अर्घाखाँचीमा १० बर्षिय बालक बेपत्ता सहित २१ घरपरिवारका ९६ जना बिस्तापित

spot_img

अर्घाखाँची ।  आश्विन १८ गते राती देखि परेको निरन्तर बर्षाको कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ निवासी १० बषिया बालक समीर पौडेल सनपा ७ कै खर्ज्याङ खोला स्थित किटेनी पुल नजिकै बाट बेपत्ता भएका छन् ।

जिल्लाको छत्रदेब गाउँपालिका वडा नम्बर ७ र ८ का १० घरपरिवारका ४६ जना , मालारानी गाउँपालिका वडा नम्बर ६ का ७ घरपरिबारका ३५ जना , सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का ३ घरपरिवारका १३ र पाणिनि गाउँपालिका वडा नम्बर ८ का १ घरका २ जना सहित ९६ जना बिस्तापित भएका छन ।

बेपत्ता बालकको खोजी कार्यको लागी नेपाली सेना ,जनपद प्रहरी, सशस्त्र प्रहरी टोलि निरन्तर खोजी कार्यमा रहेको भए पनि अहिले सम्म भेटाउन सकेको छैन ।

उता बिस्तापित घरपरिवार लाई शुरक्षित ठाउँमा स्तान्तरण गराइएको प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताएका छन ।

यसै बिच जिल्ला स्थित मुख्य सडक सन्धिखर्क गोरुसिङे सुचारु हुनुका साथै अबरुद्ध साहायक सडकहरु खुलाउने प्रयास भइ रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै