काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अर्घाखाँची जिल्लाबाट पाँचदलिय गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले नेपाली कांग्रेसले जनताको पक्षमा काम गरेर पनि प्रचारप्रसार गर्न नजानेकोले कांग्रेस धेरै पछाडि परेको बताउनुभयो ।
काठमाडौमा नेपाली कांग्रेस अर्घाखाँचीका कार्यकर्ताहरुसँग सल्लाह सुझाव लिदै भुसालले १५ वर्ष जिल्लाको नेतृत्व गरेका नेताले धेरै बजेट लगेको बताए पनि त्यसको हिसाबकिताब खोज्नुपर्ने बताउनुभएको । उहाँले सबै नेताकार्यकर्ताको साथ सहयोगले मात्रै विजयको यात्रा सुनिश्चित गर्न सकिने बताउँदै मंसिर ४ गतेसम्म सक्रियताका साथ गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागी लागिपर्न अनुरोध गर्नुभयो । काठमाडौमा रहेका अर्घाखाँचीका सबै नेताहरू गाउँमा गएर वडावडामा जितको सकारात्मक सन्देश सहितको उर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता पुर्वमन्त्री रेवतीप्रसाद भुसालले कांग्रेसले अहंकार र घमण्ड नलिई इमानदारीसाथ निर्वाचन जित्नका लागी सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा ख का उम्मेदवार एवम् कांग्रेस अर्घाखाँचीका पुर्वसभापती कमलप्रसाद भुसालले संविधानको रक्षा र कार्यान्वयनको लागी आफुहरुको जित आवश्यक रहेको बताउनुभयो । कांग्रेसले आफुले गरेको कामको प्रचार नगर्ने र टोपबहादुर रायमाझी हावादारी गफ दिदै हिड्ने र जनतामा भ्रम छर्दै हिडेको बताए ।
कार्यक्रममा कांग्रेसका नेताहरु डा मुक्ति श्रेष्ठ , सुर्य अधिकारी ,यादवप्रसाद घिमिरे , अनिता ज्ञवाली , ताराप्रसाद श्रेष्ठ , कपिल पोख्रेल, खुमराज घिमिरे , पालिका सम्पर्क समितिका सभापति तथा प्रतिनिधिहरुले भनाइहरु राख्नुभएको नेपाली कांग्रेसका नेता लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।