२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

अर्घाखाँचीमा भाेट माग्न गएका एमाले नेताहरूलाई मतदाताले लखेटे

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा भाेट माग्न गएका नेकपा (एमाले)का उम्मेदवारलाई मतदाताले लखेटेका छन्।

सन्धिखर्क नगरपालिका–२ स्थित भलाडाँडामा मंगलबार बिहान भाेट माग्न पुगेकाे एमालेकी प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार बिजुला रायमाझीसहितकाे टाेलीलाई मतदातले लखेटेकाे स्थानीयले बिएल नेपाली सेवालाई जानकारी दिए।

अरू समय जनताकाे पिर मर्का नबुझ्ने तर चुनावमा मात्रै दैलाेमा ढुक्ने प्रवृत्तिबाट वाक्क भएका कारण एमाले उम्मेदवारहरूलाई भाेट नदिने निर्णय गरेकाे स्थानीयले बताए।

‘अरूबेला वास्ता नगर्ने नेताहरू अहिले चुनाव आएपछि हात जाेड्दै घरमा आउनुभएकाे थियाे,’ एक युवकले टेलिफाेनमा कुरा गर्दै भने, ‘उहाँहरूले बाेलेका प्रतिबद्धता पूरा गर्नुहुन्न, चुनावमा मात्रै हामीलाई खाेज्नुहुन्छ, हामीलाई आवश्यक पर्दा उहाँहरूकाे नाक मुख देख्न पाइन्न भने हामीले किन भाेट दिने? उहाँहरूलाई ठाडै जवाफ दिएर फर्काएका हाैँ। हाम्ले चुनावै बहिष्कार गर्छाैँ।’

यस विषयमा बुझ्न खाेज्न उम्मेदवार रायमाझीले फाेन उठाइनन्।

अर्घाखाँचीमा एमालेबाट प्रतिनिधिसभातर्फ टाेपबहादुर रायमाझी र प्रदेशसभातर्फ चेतनाराण आचार्य र रामजी चुनावी मैदानमा छन्।       श्रोत : ब्रेक लिन्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (57%)
  • दुःखी (0%)
  • अचम्मित (16%)
  • हाँस्यास्पद (22%)
  • आक्रोशित (5%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै