२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

टाेपबहादुरले गाउँलेलाई एमाले प्रवेश गराउन खानेपानी आयाेजनाकाे माेटर उखेलेर बाँडे

spot_img

अर्घाखाँची ।  अर्घाखाँचीमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टाेपबहादुर रायमाझीले जनतालाई पार्टी प्रवेश गराउन अन्य खानेपानी आयाेजनाकाे माेटर उखेलेर बाँडेकाे खुलासा भएकाे छ।

एमाले नेता रायमाझीकाे निर्देशनमा सन्धिखर्क नगरपालिका– ९ का वडा अध्यक्ष पदमबहादुर भुसाल र शिक्षक बलबहादुर रायमाझीसहितकाे टाेलीले अर्घा धारापानी-मैदान लिफ्ट खानेपानी आयाेजनाकाे माेटर साेझा जनतालाई दिएर प्रलाेभनसहित पार्टी प्रवेश गराएकाे पाइएकाे हाे।

स्थानीयकाअनुसार वडा अध्यक्ष भुसाल, शिक्षक रायमाझी र वडा सदस्य नारायणबहादुर रायमाझीले साे खानेपानी आयाेजनाकाे ५ एचपीकाे माेटर १/२ दिनमा ल्याउँछाैँ भन्दै आयाेजनास्थलबाटै निकालेर घर्तीखाेरका जनतालाई दिएर पार्टी प्रवेश गराएका थिए।

तर, वडाअध्यक्ष भुसालले भने मतदातालाई प्रभावित बनाउनकाे लागि माेटर बाँड्याे भन्ने कुरा गलत भएकाे बताएका छन्। उनले नयाँ खानेपानी आयाेजना सुरू गर्ने तयारी भएकाेले परीक्षणकाे गर्न केही दिनकाे लागि मात्रै माेटर त्यहाँ लैजान दिएकाे तर आफू त्यसमा सहभागी नभएकाे बताए।

‘हाेइन सर, हामीले कसैलाई पार्टी प्रवेश गराउनकाे लागि माेटर बाँडेका छैनाैँ, बलबहादुर सरकाे साेसुराली त्यहीँ भएकाेले उहाँहरूले चेक गर्न लैजान्छाैँ भन्नु भएकाेले मैले दिएकाे हुँ,’ वडा अध्यक्ष भुसालले आफ्नाे बचाउ गर्दै भने,‘अब चेक हुन्छ हाेला अनि फिर्ता ल्याउन लगाउँछु।’

यद्यपि, स्थानीयले भने चेक/जाँचबारे केही थाहा नभएकाे र आफूहरूलाई भाेट हाल्नुहाेला भनेर माेटर दिएकाे बताएका छन्। ‘याे माेटर वडा कार्यालयकाे पनि हाेइन्च, अन्त कहाँबाट ल्याएचन्। अहिलेसम्म जाेड्देका छैनन्, चुनाव अगाडि नगर्दे त फेल भइयाे कर, नगर्देनन् भाेट हाल्न गइन्न, हाम्ला के सार,’ स्थानीय एक पुरूषले भने।

केही दिनअघि पनि अर्घाखाँचीमा नेता रायमाझीकै निर्देशनमा पाइप बाँड्दै गर्दा प्रहरीले बरामद गरेकाे थियाे।

source : breaknlinks

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (13%)
  • दुःखी (6%)
  • अचम्मित (3%)
  • हाँस्यास्पद (52%)
  • आक्रोशित (26%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै