२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

स्वयमसेविकालाई भत्ता होइन सरकारी कोटा सहित तलवको ब्यवस्थापन गर्नुपर्छ : पुष्पा भुसाल

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि सरकारी स्वास्थ्यकर्मी सरह सेवा सुबिधा पाउनु पर्ने बताएकी छन् ।

भुसालले महिला स्वास्थ्य स्वयंसेबिकाहरुले ग्रामिण भेगहरुमा स्वास्थ्यको क्षेत्रमा पुराएको योगदानको मुल्याङ्कन गर्दै उनिहरुलाई सरकारी कोटाको ब्यबस्थापन गर्नुपर्ने बताईन् । उनले स्वयंमसेविकाहरु अफ्ठ्यारो अवस्थामा पनि भत्ताको भरमा सेवा गरीरहेको बताईन् ।

कोरोनाकालमा अर्घाखाँची सहित देशभरका स्वयंमसेविकाले आफ्नो ज्यान जाखिममा राखेर काम गरेको स्मरण गर्दै भुसालले भनिन्, “महिला स्वयंमसेविकाहरु अति न्युन भत्तामा पनि काम गरीरहेका छन्, अब उनिहरुलाई सरकारी कोटाको ब्यबस्थापन गरी सरकारी तलवको ब्यवस्थापन गर्नुपर्छ ।”

भुसालले आफ्नो उम्मेद्वारी महिलाका हक अधिकारको संरक्षणका लागि समेत भएको भन्दै आफुले जिते पश्चात स्वयमसेविकालाई भत्ता होइन सरकारी तलवको ब्यवस्थापनका लागि सरकारसंग माग गर्ने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (83%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (17%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै