२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

भ्रष्टाचारी नेतालाई ठेगान लगाउन सत्तागठबन्धन एकबद्ध हुन आवश्यक: विश्वकर्मा

spot_img

बुटवल  । जिल्लामा विकासका लागि विनियोजन गरिएको वजेटलाई घुमाउरो तरिकामा खाएर नितिगत भ्रष्टाचार गर्ने नेताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले तिरेको राजस्व स्वरुप वजेटलाई सुरक्षित राख्न र पारदर्शी विकास योजना सफल बनाउन सत्तागठबन्धन एकबद्ध हुन आवश्यक रहेको नेपाली काँग्रेस प्रदेशसभा समानुपातिक तर्फका उम्मेदवार लोकेन्द्र बिश्वकर्माले वताए ।

आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रदेशसभा समानुपातिक तर्फका उम्मेदवार समेत रहेका नेता बिश्वकर्माले अर्घाखाँचीमा भएका बिकृती बिसंगतीको अन्त्यका लागी आफुले उम्मेद्धारी दिएको स्पष्ट पारे ।

उनले भने, जिल्लामा विकासका नाममा विनियोजन हुने लाखौं रकम घोटाला गर्ने नेकपा एमालेका नेता टोप बहादुर रायमाझीलाई इंगित गर्दै भ्रष्टाचारी नेताहरुलाई ठेगान लगाउने समय आएकाले एकबद्ध हुन आवश्यक रहेको औल्याउँदै मुलुकमा सुशासन कायम गराउन पाँच दलिय गठबन्धन बनेको दाबी गरे ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पूर्वसचिब समेत रहेका बिश्वकर्माले मंसिर ४ मा अर्घाखाँचीबाट पुष्पा भुसाल, सागर केसी र कमल भुसाल लगायत नेताहरुलाई जिताउन जिल्लाबासीलाई आग्रह गरे ।

उनले थपे, निर्वाचनका क्रममा लागू भएका आचारसंहितालाई नेपाली आफ्नो पार्टीले अक्षरस पालना गरेको समेत बताउँदै काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबै समुदायको भावनालाई समेटेर अगाडि बढ्दै आएको जिकिर गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै