२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

अर्घाखाँची: पाणिनि बहुप्राविधिक शिक्षालय,चिवेकमा विदाइ कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची।
पाणिनि बहुप्राविधिक शिक्षालय,चिवेकमा विद्यार्थीहरुको विदाइ तथा शुभकामना प्रदान कार्यक्रम आज सम्पन्न भएको छ। फरेष्ट्री तेस्रो वर्षका विद्यार्थीहरुलाइ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले भव्य समारोहका बिच विदाइ गरेका हुन्।

फरेष्ट्री दोस्रो वर्षका विद्यार्थी गोबिन्द शाहीको सभापतित्वमा तथा कार्यक्रमका प्रमुख अतिथि शिक्षालय प्रमुख मणि गैरेको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा फरेष्ट्री तेस्रो वर्षका विदाइ भएर जाने विद्यार्थीहरुलाइ शिक्षालय प्रमुख मणि गैरेले अविर, खादा तथा फरेष्ट्री समूहका संयोजक विवेक बन्जारा,दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मायाको चिनो प्रदान गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शिक्षालय प्रमुख गैरेले विद्यार्थीहरुलाइ प्राविधिक शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गइरहेको सन्दर्भलाइ मनन गर्दै आफुलाइ अझ परिपक्व बनाउन आग्रह गरेका छन् त्यस्तै शिक्षालय विद्यार्थीहरुका हरेक शैक्षिक समस्याहरुलाई कम गर्दै लैजाने प्रयत्नमा दत्तचित्त भएर लाग्ने समेत उनले बताएका छन् । कार्यक्रममा शिक्षालयको तर्फबाट प्रशिक्षक विष्णुप्रसाद खनाल, अनन्तप्रसाद घिमिरे,स्मृति ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए भने फरेष्ट्री दोस्रो वर्षका विद्यार्थीहरुले पनि शुभकामना मन्तव्य लगायत कविता, गीत, गजल, नृत्य लगायत विभिन्न सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रमकै अवसर पारेर वन्यजन्तु संरक्षण सप्ताह २०७८ को सन्दर्भ पारि संचालित विभिन्न प्रतियोगिताहरुमा सहभागी भइ प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

फरेष्टी दोस्रो वर्षका विद्यार्थी गोबिन्द शाहीको अध्यक्षता, को स्वागत मन्तव्य, दिनेश धामी र वर्षा सुनारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै