२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

शासन प्रणाली स्रोत सामग्री बजारमा

spot_img

बुटवल । नेपाल सरकारका उपसचिव एवं लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयद्वारा लिखित पुस्तक ‘शासन प्रणाली स्रोत सामग्री’ पौष १७ गते आइतबारदेखि बजारमा आएको छ ।

पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद् र न्याय सेवाको शाखा अधिकृत पदको पाठ्यक्रममा आधारित रहेको छ । उक्त पुस्तकमा हरेक विषयवस्तुको सैद्धान्तिक अवधारणा, परिचय, परिभाषा र नवीनतम सन्दर्भ तथा नेपालको सन्दर्भमा कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था एवं समस्या र चुनौती तथा आगामी कार्यदिशाका बारेमा ब्याख्याय र विश्लेषण गरिएको छ ।

लोक सेवा आयोगको परीक्षा प्रणाली र शाखा अधिकृत तहको प्रश्नको शैलीलाई दृष्टिगत गरी पुस्तक अत्यन्त सरल र सहज भाषामा लेखिएको छ । कतिपय सन्दर्भमा परीक्षार्थीमा विषयवस्तुको अवधारणात्मक बुझाईमा नै अस्पष्टता रहने गरेकाले प्रश्नको अपेक्षित उत्तर र परीक्षार्थीले लेख्ने उत्तर बिच बिचलन रहनु नै परीक्षार्थीका लागि चुनौतीको रुपमा रहेको छ । समग्रमा पुस्तकको विषयवस्तु लेखन यहि चुनौती निवारणमा केन्द्रित रहेको छ ।

लोक सेवा आयोगको शाखा अधिकृत पदको परीक्षा तयारीमा रहेका परीक्षार्थीका लागि पुस्तक सफलताको सारथि हुनेछ । पुस्तकको प्रमुख विक्रेता भने पैरवी प्रकाशन रहेको छ । यसअघि पाण्डेयको लेखन र सम्पादन रहेको उपसचिव स्रोत सामग्री लोक सेवा आयोगका परीक्षार्थी माझ लोकप्रिय पुस्तकका रुपमा परिचित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै