२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

सितापुरमा पहिलो पटक भालुको आक्रमणमा परि ८१ बर्षिय क्षेत्रीको मृत्यु

spot_img

झनक के.सि.
अर्घाखाँची –भालुको आक्रमणबाट सितापुर झिर्‍रामा ८१ बर्षिय राम बहादु भाट क्षेत्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शितगङ्गा नगरपालिका वाड न.२ सितापुर झिर्‍रा निवासी उखारी गाउमा बस्ने ८१ वर्षीय वृद्ध राम बहादुर भाट क्षेत्रीको मृत्यु भएको ईलाका प्रहरि ठाडाका इन्चार्ज होम रेग्मिले जानकारी दिए। मृतकलाई मुजुल्का उठाएर स्थानीयको रोहबरमा पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको रेग्मिले जानकारी दिए।

मृतक क्षेत्री गाउका सबैका पृय मान्छे रहेको स्थानिय अनिल अधिकारिले बताए। उनी गाउमा सबैभन्दा पाका हजुरबुवा (डाडे बा) भनेर चिनिएका थिए। उनि बस्ने गाउमा पहिला बाक्लो बस्ती भएपनि अहिले ५ घर परिवार बस्दै आएका छ्न। तल्लो भेग पाडरिया उपल्लो भाग उखारी भनेर चिनिन्छ। त्यो बस्ती नजिकै सामुदायिक वन छ बनलाई रानी बन भनेर चिनिन्छ। बस्तीबाट झिर्‍रा गाउँ आवज जावत गर्नलाई आधा घन्टा लाग्ने स्थानीयले बताए। यो बस्तिमा अहिले सम्म यस्तो अप्रिय घटना घटेको थिएन यो घटना पहिलो रहेको स्थानिय स्कुलका प्रअ बिष्नु अधिकारिले बताए।

मृतक क्षेत्री दैनिक पैद्ल हिडडुल गरेर वारिपारी गरेको स्थानियले बताए । आज बिहान करिब ६ बजे हसिया बनाउन भनेर वारि गाउँ आउदै गर्दा बिचमा रहेको सामुदायिक रानी बनमा भालुले आक्रमण गरेर घटना घटेको स्थानियले बताए। घाईतेको पछाडि भालुले झम्टेर घाटिमा गहिरो चोट लागेको छ। भने अगाडि मुख नचिन्ने गरि क्षेद बिच्छेद गरेको थियो। भालुले आक्रमण गरेको केहिबेरमै भालु चर्को स्वरमा कराउदा स्थानियले थाहा पाएका थिए। गाउमा हो-हल्ला भेपछी खोज्दै जादा रुखमा भालु कराउदै गरेको स्थानिय जनक क्षेत्रीले बताए। मृतक क्षेत्रीलाई तत्काल उद्वार गरेर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानियले बताए। मृतक क्षेत्रीका २ जना छोरी छन छोरिहरुको बिबाह भैसकेको र श्रीमतिले दुबै आँखा नदेख्ने कानपनि हल्का नसुन्ने नाति कमल क्षेत्रीले जानकारी दिए पोस्टमार्टम सकिएपछी सन्धिखर्क ठुला खोलाला दाहसस्कार गरिने क्षेत्रिले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (7%)
  • दुःखी (87%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै