२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

दुई दिने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन तयारी पूरा ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने

spot_img

बुटवल ।  दोस्रो लुम्बिनी प्रदेशस्तरीय ‘सि’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । खेलकुद सामग्री उत्पादन र बिक्रीवितरण गर्दै आएको ब्राण्ड युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजक आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठले बताए ।
तिलोत्तमा नगरपालिका रहेको ब्याडमिन्टन कोर्टमा पुस २९ र ३० गते दुई दिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको उनले बताए । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्दै दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको उनले बताए । पहिलो संस्करणमा ‘सि’ लेभल मात्र प्रतियोगिता गरेको भएपनि यसपटक थप भेटान्स खेल समेत थपिएको उनले बताए । दुई ईभेन्टमा हुने प्रतियोगितामा मेन्स डबल्सको उपाधि विजेताले नगद ३२ हजार रुपैया, उपविजेताले नगद २२ हजार रुपैया र तृतिय दुई टिमले जनही नगद १६ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यसैगरी भेट्रान्स डबल्स ४५ वर्षमाथिको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १५ हजार रुपैयाँ तथा तृतीय दुई टिमले जनही नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको टप आठमा पुग्ने टिमलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि क्याबिनेट सेक्रेटरी सन्दिप कसौधनले सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउन सफल रहेको क्लब खेलकुदमा पनि अग्रसर रहेको बताए । स्वस्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने भन्दै युवा खेलाडीहरु उत्पादनमा समेत यो प्रतियोगिता आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन लागेको उनले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष बिजय बर्नवाल, अर्जुन कार्कीले ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने बताए ।
पहिलो संस्करणमा ‘सि’ लेभल मात्र खेलाउदा ५ लाख रुपैया खर्च भएको संयोजक दुर्गा आले बताए । यसवर्ष भेट्रान्स खेलसमेत जोड्दा साढे ७ लाख बढि खर्च हुने अनुमान रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै