२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

पाणिनीमा नेपाल शिक्षक संघको अधिवेशन सम्पन्न : कृष्ण प्रसाद घिमिरे पुन अध्यक्षमा निर्वाचित

spot_img

अर्घाखाँची ।  नेपाल शिक्षक संघ पाणिनी गाउँपालिकाको दोस्रो अधिवेशन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ अर्घाखाँचीका सस्थापक अध्यक्ष तथा पूर्व जिल्ला समन्वयन प्रमुख पिताम्वर भुसालको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव अच्युत गौतम, नेपाल शिक्षक संघ निवर्तमान जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरे, शिक्षक संघका प्रदेश उपाध्यक्ष कृष्ण पौडेल र जिल्ला उपाध्यक्ष नेत्र प्रसाद पन्थी लगायतले नेपालको राजनैतिक र सामाजिक रुपन्तरणमा प्रजान्तत्रवादी शिक्षकहरुको अहम भूमिका भएको र अवका दिनमा नेपाल शिक्षक सघंको नेतृत्वमा नै शैक्षिक गुणस्तर अभिवृद्धिमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा सेवानिवृत शिक्षक तथा नव प्रवेशी शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । अधिवेशनले कृष्ण प्रसाद घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेकोछ ।

पुष्कर पोख्रेल,अर्जुन थापा र गिता घिमरे उपाध्यक्ष, ओमप्रकाश अधिकारी सचिव ,अर्थ सचिवमा राम प्रसाद गौतम त्यस्तै सह सचिवमा गोविन्द पौडेल, हुमनाथ घिमिरे, ‌ओम प्रकास घिमिरे ,अर्थ सहसचिवमा शंकर प्रसाद घिमिरे र महिला सह सचिवमा कल्पना गैरैलाई सर्वसम्मत रुपमा छनोट गरेको शिक्षक हरी प्रसाद घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै