२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

स्वागत र विदाई कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ।

यस जिल्लामा कर्मथलो बनाएर आउने कर्मचारी र सरुवा तथा निवृत हुने कर्मचारीहरुको नियमित स्वागत विदाई गर्ने युनियनको कार्यक्रममा जिल्ला सरकारी वकिलका जिल्ला न्यायधिवक्ता श्यामसुन्दर चौधरीको विदाई र सिंचाई विकास डिभिजन कार्यालयक ईन्जिनियर विवेक न्यौपानेको स्वागत गरेको हो ।

जिल्ला न्ययाधिवक्ता चौधरी ३७ वर्ष लामो जागिरे जीवनमा निवृत हुनु भएको हो । त्यसै गरी आधिकारिक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट प्रतिनिधित्व गर्ने सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौ बाल बहादुर घर्तिको स्वागत र संगठनका तर्फबाट प्रतिनिधित्व गर्ने लालमणि खनाललाई विदाई गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्यामसुन्दर चौधरीले कर्मचारीहरुको हक हितमा लाग्दै यस्ता किसिमका रचनात्मक र सकरात्मक क्रियाकलापको लागि जिल्ला कार्यसमितिलाई विशेष धन्यवाद दिनु भएको थियो ।
त्यसै गरि कार्यक्रमका अध्यक्ष कृष्ण वर्माले निजामति सेवबाट निवृत हुने श्यामसुन्दर चौधरीको सक्रिय निवृत जीवनको कामना गर्दै स्वागत हुने ईन्जिनियर विवेक न्यौपानेलाई सहयोगको लागि युनियनको प्रतिवद्धता व्यक्त गर्दै आफूहरुले पनि वौद्धिक सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

साथै सक्रिय भूमिकामा रहनु भएका लालमणि खनाललाई उच्च प्रगतिको कामना गर्दै उच्च प्रशंसा गर्नु भएको थियो भने नयाँ सदस्य बालबहादुर घर्तीलाई सक्रियरुपमा लागेर युनियनलाई सकरात्मक र रचनात्मक क्रियाकलापमा अब्बल बनाउन लाग्ने अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, संगठनका अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका सचिव माधव भुसाल, अस्थायी तथा ज्यालादारी कर्मचारीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदिप जि.सी. लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम ट्रेड युनियनका सदस्य नारायण दमासेको संचालन, उपाध्यक्ष हरिप्रसाद डुम्रेको स्वागत मन्तव्य र कृष्ण वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै