८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

विश्व हिन्दु युवा संघले शिवरात्री पर्वलाई सप्ताहव्यापी रुपमा मनाउने काठमाडौं।

spot_img

काठमाडौं।
विश्व हिन्दु युवा संघले महा शिवरात्री पर्वलाइ विशेष उत्सबका रुपमा मनाउने भएको छ। यस पर्वको महत्त्व र गरिमालाई विश्वमै परिचित गराउने उद्देश्यले सप्ताहव्यापी रूपमा मनाउन लागेको हो।

नेपाल,भारत लगायत विभिन्न देशहरुका हिन्दु धर्मावलम्बीहरुले उक्त पर्वलाइ विशेष महत्त्वका साथ लिने गरेको देखिन्छ। ब्रहमाण्डको उर्जाको केन्द्र शिवशक्ति प्राकट्य दिवशको रुपमा नेपालमा सदियौंदेखि महाशिबरात्री लाई उत्सवको रुपमा मनाईदै आइरहेको छ । शिबजीको शासन सत्ताको स्वरुप गोरक्षनाथलाई नेपालले राष्ट्रदेव आध्यात्मिक गुरु र शिबजीलाई आराध्य देवको रुपमा मान्दै आएको छ । राष्ट्रको यहि प्रचलनलाई अंगिकार गर्दै गोरक्षकालीको सेनाको रुपमा नेपाली सेनाले आफ्नो स्थापना दिवशको रुपमा शिबरात्रीलाई मनाउँदै आइरहेको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जङ्ग शाहले सार्वजनिक अपिलमार्फत स्पष्ट पारेका छन् ।

महाशिवरात्री पर्वमा पशुपतिनाथ लगायत देश भरका शिवालयहरुमा विश्व भरिबाट धर्मालम्बीहरु आउने चलन छ र सदियौदेखि यस पर्वको अवसरमा राज्यले साधु, सन्त, गुरु महन्तहरुलाई विषेश ब्यबस्था गर्दै आई रहेको प्रचलन छ । यो रास्ट्रले साधुसन्तको सेवालाई सबै भन्दा ठुलो सेवा मान्दछ त्यसैले त्यो प्रचलनलाई कायम गर्नु हामी नेपालीहरुले आफ्नो कर्तव्य ठान्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ। यस महान पर्बलाई हर्षोल्लासका साथ मनाउने सन्दर्भमा नेपाललाई बिश्व गुरु रास्ट्रको रुपमा पुनः स्थापना गराउन यसपालीको महाशिबरात्रीलाई सप्ताहव्यापी रुपमा ( फागुन ३ गतेदेखि ९ गते सम्म) देशभर शिव आरधना गरेर शिबको शासनसत्ताको स्वरुप गोरक्षनाथलाई जगाउन हिन्दु युवा संघले अपिलसमेत गरेको छ।

महाशिवरात्री पर्वमा काठमाण्डौ मृगस्थली स्थित गोरक्षनाथ मठ लगायत सबै ठाउँमा देश विदेशबाट आएका साधु, सन्त, महन्त एवं गुरुहरुलाई आबश्यक गाँजा, ओड्ने ओछ्याउने कपडा, खाध्यान्न लगायत बस्तुहरु दान गर्नको लागि सम्पूर्णलाई अनुरोध समेत विश्व हिन्दु युवा संघले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै