२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँची: पाणिनिको कृष्ण मा.वि.मा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची।  कृष्ण माध्यमिक विद्यालय पाणिनी-५, मैदानमा कक्षा ९ अध्ययनरत विद्यार्थीहरुले एस.इ.इ.परीक्षा दिने विद्यार्थीहरुलाइ शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा इन्दिरा वि.क.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा शिक्षक भक्तबहादुर रेस्मीले विद्यार्थीहरुले एस.इ.इ.परीक्षामा उच्च अंक प्राप्त गर्नका लागि अबको छोटो समयलाई भरपुर सदुपयोग गर्न आग्रह गर्नुभएको थियो।

उक्त शुभकामना प्रदान कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका विद्यालयका प्रधानाध्यापक टेकनारायण गैरेले विद्यालयले विद्यार्थीहरुको अध्ययन सहजीकरणका लागि परीक्षाकै दिनसम्म सशक्त ढङ्गले लाग्ने बताएका छन्। शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउने सन्दर्भमा पनि आउँदा दिनमा अझै चुस्त ढंगले लाग्ने विषयमा समेत जानकारी गराएका थिए।

कार्यक्रमको सन्चालन छात्र विधान गैरेले गरेका थिए भने अन्य कक्षाका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै