२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

स्वास्थ्य क्षेत्रमा शिवराज नगरपालिको एक्सन, आफिस समयमा स्वास्थ्य कर्मचारी लाई किल्निक संचालनमा रोक

spot_img

कपिलवस्तु । केहीदिन देखि शिवराज नगरपालिकाको स्वास्थ्य माथी खेलवाडको विषयले चर्चा पाइरहदा नगर प्रमुख अजय थापाको अध्यक्षतामा  बसेको स्वास्थ्य कर्मीहरुको बैठकले शिवराज नगरपालिका मातहतका कुनै पनि स्वास्थ्यका कर्मी लाई विहाना १० बजे देखि बेलुका ५ बजे सम्म निजि किल्निक फार्मेशी संचालनमा रोक लगाएको छ । स्वास्थ्य कर्मीले कार्यालय समय वाहेक निजि किल्निक र फार्मेसी संचालन गर्दा नगर कार्यपालिकाको पूर्व स्वीकृत लिनु पर्ने निर्णय गरेको छ । बैठकले यहि मिति २०८० जेष्ठ महिनाको ८ गते देखि  जेष्ठ नागरिकको घरमा स्वास्थ्य कर्मी भन्ने नारा सहित स्वास्थ्य सेवा संचालन गर्न निर्णय गरेको छ ।

शिवराज नगरपालिकाले एक सूचना जारी गरि स्वास्थ्य संस्था दर्ता तथा स्वीकृत बिना संचालनमा रहेको गुनासो आएपछि स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७६ को दफा २२ र नेपाल सरकारको जन स्वास्थ्य सेवा ऐन २०७५ को दफा २१ बमोजिम स्थानीय तहले तोकिएको मापदण्ड पुरा गरि स्वीकृत लिन सूचना मार्फत जनाएको छ ।
नगरपालिकाले एक महिनाको समय राखि नगर कार्यपालिकामा निवेदन पेश गर्नु पर्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए । पालिकाले सूचना उलघंन गरि वा अनुमती बिना स्वास्थ्य संस्था संचालन गरेको पाईएमा पालिकाको कानुन बमोजिम कार्वाहि गरिने स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (89%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै