२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

वनमा आगो लगाउने ७० वर्षका वृद्ध सहित ४ जना पक्राउ

spot_img

लक्ष्मण घिमिरे
अर्घाखाँची ।  भुमिकास्थान नगरपालिका २,ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछी निभाउने क्रममा चार जनाको ज्यान गएको थियो। गत बैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो। एक जना महिला अझै उपचाररत छिन्।

आगो लगाउने भुमिकास्थान २ का ३६ वर्षिय दिनेश थापा, १८ वर्षिय दिपक बिक, ७० वर्षिय देविराम बेल्वासे र ३६ वर्षिय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जंगली जनावरले सताएर आगो लगाएको उनीहरुले स्विकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्राँई गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारवाहीको प्रक्रिया अँगाडी बढाईएको प्रहरीले जनाएको छ। यो नियममा ६ महिनादेखी दुई वर्षसम्म कैद वा बिस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

अदालतबाट पाँचदिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै सन्धिखर्क ७,खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षिय ईश्वरी प्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क ३,खाँचीखर्कमा आगो लगाउने ५० वर्षिय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जनाउने, हेलचेक्राँई गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षती बढेपछी प्रहरीले सक्रियता देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै