२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

शिवराजमा थारू महिलाहरूका लागि ढकिया बनाउने तालिम समापन, उत्पादन र बजारीकरणमा जोड दिनुपर्नेमा सरोकारवालाको जोड

spot_img

कमल बिष्ट, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा थारू महिलाहरूका लागि ढकिया बनाउने तालिम समापन कार्यक्रम तथा कार्य योजना निर्माणका लागि छलफल तथा गोष्ठी सम्पन्न भएको छ, थारू जातिका परम्परागत हस्तकला ढकिया बनाउने सीप लाई विकास गर्न र अन्य कलात्मक समाग्री उत्पादन गरी स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले आयोजित तालिममा शिवराज नगरपालिका १,२ र ३ नम्बर वडाका आशा संजालका थारू किशोरी तथा महिलाहरू लाई तालिम प्रदान गरी आज एक औपचारिक कार्यक्रम मार्फत प्रमाणपत्र प्रदान गरेर समापन गरिएको हो, तालिममा ढकिया, रोटीदानी, कलश, कलमदानी, पुजादानी लगायत बिभिन्न समाग्री बनाउने तालिम दिइएको थियो, तालिम बाट सिकेको सिपले उत्पादन गरेका समाग्रीको बजारीकरणका लागी समेत कार्ययोजना गोष्ठी समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिला दिदि बहेस्नी लाई स्वरोजगार बनाउने उद्देश्यले आयोजित ढकिया बनाउने तालिमले परम्परागत सिप सिकाउने गरेकोमा आगामी दिनमा थप कलात्मक आकर्षक र बजारमा विक्रीका लागि माग हुनेखालका समाग्री उत्पादन गर्न एड्भान्स लेबलको तालिमको आवश्यकता महसुस भएको बताउदै उत्पादन भएका समाग्रीको बजारीकरणका लागि थप योजना निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले शिवराज नगरपालिकाले अतिथि पाहुनाहरूलाइ प्रदान गर्दै आइरहेको मायाको चिनो स्थानीय कला र संस्कृति झल्किने उपहार उत्पादन गरेर प्रस्ताव ल्याए स्थानीय उत्पादन लाई पालिकाले प्रोत्साहन स्वरुप केही बढी रकम तिरेरै भएपनि खरीद गर्न सक्ने बताउनुभयो ।

शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष खिमबिक्रम केसीले कलामा आधारित सिममूलक उत्पादन लाई देशभरी नै बजार बिस्तार गर्न सके स्थानीय पहिचान राष्ट्रिय सम्पत्ति बन्न सक्ने बताउनुभयो, त्यस्तै शिवराज २ का वडा अध्यक्ष रामबहादुर थारुले सीप लाई एक जातिमा सिमित गर्न नहुने भादै सीप हरेक जातिले सिक्नुपर्ने मा जोड दिदै त्यसो गर्न सके बजार बिस्तारमा सहज हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डेले तालिम लिइसकेपछि त्यस लाई प्रयोगमा ल्याउन आग्रह गर्दै उत्पादनमा निरंतरता हुन सके बजारीकरणमा सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताउनु भयो ।

थारु कल्याणकारी सभा शिवराज नगर कार्य समितिको आयोजना, थारू संग्रहालय संरक्षण समिति शिवराज १ को समन्वय र शिवराज नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रम थारु कल्याणकारीणी सभा शिवराजका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता , शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेको विशिष्ट आतिथ्यता, शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष खिमबिक्रम केसी, २ नम्बर वडाका अध्यक्ष रामबहादुर थारू, , चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वारीप्रसाद पाण्डे, किर्डाक नेपालका सहजकर्ता राजेश चौधारी , बिभिन्न वडाका आशा सन्जालका प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रम थारु कल्याणकारीणी सभा शिवराजका कोषाध्यक्ष इन्दु थारूको स्वागत र थारू संग्रहालय संरक्षण समिति शिवराजका सचिव रामनरेश थारुको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै