२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

मदिना मस्जिद परिषद बुटवल द्वारा हजयात्रीहरुलाई सम्मान तथा बिदाई

spot_img

बुटवल । रुपन्देहीको बुटवल बाट हजका लागि जान लागेला १८ जना हजयात्रीलाई मदिना मदरसा मस्जिद प्रबन्ध परिषदले सम्मान तथा बिदाई गरेको छ ।

१८ जना हज यात्रीहरुलाई मस्जिद समितीका अध्यक्ष हाजी सकुर मियाले टोपी, दोसल्ला र हज मार्गदर्शन किताबका साथ शुभकामना दिदै बिदाई गरेका हुन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि रुपन्देही बाट यसवर्ष महिला पुरुष गरि १०७ जनाले फारम भरेका थिए भने बुटवल बाट १८ जना जाँदै छन ।

मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नु पर्छ ।

हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए । उक्त कार्यक्रम मस्जिदका मौलाना सज्जद कादरिले कुरानको तिलावत गरि सुरु गरिएको थियो ।

कार्यक्रम समितीका अध्यक्ष हाजी सकुर मिया , प्रमुख अतिथि मस्जिद व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष हाजी जलाल मिया , स्वागत मन्तव्य समितीका बरिस्ठ उपाध्यक्ष हाजि मनिउल्ला मियाँ  , कार्यक्रम संयोजक समितिका सदस्य अलाउदिन अलि र संचालक समितिका सचिव सबर दिन मियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै