२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

भारतको बथनाहाबाट विराटनगर आउन तयार कार्गो रेल (तस्बिरहरू)

spot_img

आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ।  भारतको बथनाहाबाट कार्गो रेल पहिलोपटक विराटनगर आउन लागेको हो।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरका लागि प्रस्थान गर्नेछ।बथनाहामा अहिले उक्त रेल साजसजावटसहित तयारी अवस्थामा राखिएको छ।

रेल विराटनगर भन्सारको कस्टम यार्डसम्म आउनेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि  विराटनगरमा रेल आउन लागेको हो।

बथनाह – कटहरी  रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा  जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ।

बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।

आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन्। कार्गो रेल आउने भएपछि  त्यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।

तस्विर सौजन्यः राजेश शर्मा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै