८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

मुस्लिम समुदायले बक्र ईद असार १४ गतेदेखि मनाउने

spot_img

रुपन्देही । मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व इदुल अज्हा (बक्र ईद) असार १४ गते बिहीबारदेखि मनाइने भएको छ। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।

नेपालमा सोमबार जुल्हिज्जाको चन्द्रमा देखिएको काठमाडौंस्थित जामे मस्जिदले प्रमाणित गरेको छ। इदुल अज्हा चार दिनसम्म मनाइन्छ।

इब्राहिम र इस्माइलको योगदानको कदर गर्दै तिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। यो पर्वमा सूर्योदयपश्चात् बस्तीबाट बाहिर निस्केर ईदगाह भन्ने स्थानमा गई खुला आकाशमुनि नमाज पढ्ने गरिन्छ। नमाज पढिसकेपछि एकअर्कालाई अङ्कमाल गरी शुभकामना दिने चलन छ। साथै सक्ने घरपरिवारले आफ्नो क्षमता अनुसार कुर्बानी अर्थात् बलि दिएर इस्टमित्र, टोलछिमेक र गरीब असहायहरूलाई बोलाइ खाना खुवाउने चलन छ।

यही पर्वको अवसरमा संसारभरका मुस्लिम धर्मावलम्बीको ठूलो जमात साउदी अरेबियाको मक्का मदिना गई हज गर्ने गर्दछ। स्वस्थ र आर्थिक हिसाबले सक्षम मुस्लिम धर्मावलम्बीले जीवनमा एक पटक अनिवार्य हज गर्नुपर्ने मान्यता छ।

गृह मन्त्रालयका अनुसार यस वर्ष नेपालबाट एक हजार १४६ जना हज यात्रामा गएका छन्।

२०७८ सालको जनगणना अनुसार नेपालमा ५.०९ प्रतिशत मुस्लिम धर्मावलम्बी छन्। २०८० सालको राजपत्रमा बक्र ईद पर्वको पहिलो दिन सार्वजनिक बिदा हुने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै