३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

spot_img

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् ।

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पूरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (95%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै