२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

अर्घाखाँची : शस्त्र प्रहरीलाई विपद उद्दारका सामाग्री प्रदान

spot_img

सन्धिखर्क । मुक्तिनाथ विकास बैंक, सन्धिखर्क शाखाले सशस्त्र प्रहरी बल नेपाल, ३६ नं गुल्म, अर्घाखाँचीलाई विपद उद्दार सामग्री सहयोग स्वरुप प्रदान गरेको छ।

यहि श्रावण ५ गते शुक्रबारकादिन उक्त प्रहरी कार्यालयमा एक कार्यक्रम गर्दै एसेन्डर, पुलि, काराबिनर, डिसेण्डर, हार्नेस र डाइनिया सिलिङ्ग जस्ता सामग्री हस्तान्तरण गरिएको छ। यस जील्लामा हुने विपदका घटनामा सशस्त्र प्रहरिको उद्दार कार्यमा साझेदारी गर्न यस विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरेको हो।

गुल्मपति संगम श्रेष्ठले उक्त सामग्रीहरुले यस जिल्लामा हुने विपदका बखत मानविय एवम् अन्य क्षेति हुनबाट शसस्त्र प्रहरिले उद्दार कार्य गर्दा उल्लेख्य टेवा पुग्ने जनाए। साथै श्रेष्ठले यस्तै सामग्री उपलब्ध भएमा विपद उद्दारका कार्य थप प्रभावकारि र सहज हुने समेत बताए।

कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंक, सन्धिखर्कका निमित्त शाखा प्रमुख अर्जुन खनालले सहयोग गर्न पाउँदा खुसी प्रकट गर्दै आगामी दिनमा पनि यस विकास बैंकले अन्य सामाजिक कल्याणका कार्यमा सहयोग गर्ने र सहभागिता जनाउने बताएका छन्।

खनालले मुक्तिनाथ विकास बैंकले आफ्नो व्यवसाय बाहेक पनि अन्य सामाजिक क्रियाकलापमा बैंक र कर्मचारी नियमित संलग्न रहेको बताए। नेपालकै शिर्ष स्थानमा रहेको अग्रणि विकास बैंकको रुपमा परिचित मुक्तिनाथ विकास बैंकले, सन्धिखर्कमा विगत दुई वर्षदेखी वित्तीय सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै