२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

जयसवाल युवा कमिटी द्वारा झुल बितरण

spot_img

श्री खजहना आधारभूत विद्यालय सिद्धार्थनगर नगरपालिका,रुपन्देहीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको लागि मच्छरदानी ( झुल) बितरण गरिएको छ ।

जयसवाल युवा कमिटी , रुपन्देहीले विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थीको लागि झुल बितरण गरेको हो । सामाजिक कार्यमा क्रियाशिल हुदै आएको यस समितिले यस अघि वृदाआश्रममा भोजन गराउने , विद्यालयमा अध्ययनरत छात्रा छात्रहरुको लागि स्विटर बितरण लगायतका काम गर्दै आएको कमिटिका अध्यक्ष शिवम जयसवालले बताउनु भयो ।

विद्यालयकका प्रधानाध्यापक सुरेन्द्र प्रसाद मिश्रका अनुसार विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको पारिवारिक आर्थिक अवस्था त्यती राम्रो नभएकोले बेला बेलामा यस्तै सामाजिक कार्यमा क्रियाशिल संस्थाहरु मार्फत कापी, ड्रेस बितरण लगायतको काम बिद्यालयले गर्दै आएको छ ।

कार्यक्रम सुमित जयसवाल, सन्‍नी जयसवाल राहुल जयसवाल ,मनिसा जयसवाल त्यस्तै जयसवाल महिला सेवा समिति अध्यक्ष पुनम जयसवाल जयसवाल सेवा समितिका महासचिव अर्जुन जयसवाल र सचिव अशोक जयसवालको उपस्थितीमा सम्पन्‍न भएको विद्यालयका शिक्षक सुभाषमणी त्रिपाठीले जानकारी दिनु भयो ।

वर्षाको समयमा लामखुट्टेको टोकाइ बाट सर्ने  विभिन्‍न रोगहरुवाट साना बालबालिकाहरु बच्‍न सकुन भन्‍ने उदेश्यले झुल बितरण गरिएको आयोजकले जानकारी दिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै