२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

सिटिजन्स बैंकका ग्राहकलाई चौराह अस्पतालमा छुट

spot_img

बुटवल । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालीकानगर शाखा र चौराह अस्पताल प्रालि बिच सिटिजन्स बैंकका कर्मचारी र कार्ड होल्डरहरुलाई छुट दिने सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कार्ड होल्डरहरुलाई स्वस्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । विहीबार सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ चौराह अस्पताल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिरु भण्डारी बिच सेवा उपलब्ध गराउने बारे ४ बुंदे सम्झौता गरिएको हो ।

सिटिजन बैकका कर्मचारीहरु तथा बैकको मोवाइल बैकिङ्क ,प्रीभिएलेज कार्ड, कार्ड होल्डरहरुलाई तथा सबै प्रकारका ग्राहकहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको सिटिजन्स बैक कालीकानगरका शाखा प्रवन्धक किरण कुमार केसीले बताए । एक वर्षसम्म लागु हुने गरि अस्पतालको ल्याबमा १० प्रतिशत, आईसियु बेड चार्ज÷एचडियु बेड चार्जमा ५ प्रतिशत, जनरल बेड जार्चमा १० प्रतिशत, युरो सर्जरीमा १० तथा अर्थो र जेनेरल सर्जरीमा ५÷५ प्रतिशत, न्युरो सर्जरीमा ५, डेन्टलमा १० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत तथा सिटि स्क्यानमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

कार्यक्रममा सिटिजन्स बैक इन्टरनेशनल लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुन, कालीकानगर शाखाका सहायक शाखा प्रमुख सुरज क्षेत्री, डि आर ओ रवि काफ्ले ,अस्पतालका अर्थोपेडिक सर्जन डा.मदन ज्ञवाली, चौराह अस्पताल प्रालिका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवर, लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुनले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै