२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

प्रदेश बलियो बनाउन केन्द्रले अधिकार दिनु पर्छ : सभापति पुन

spot_img

सागर महत
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकारलाई बलियो बनाउनको लागि सोही बमोजिमको केन्द्रले अधिकार दिएमा मात्र काम गर्न सहज हुने बताउनुभएको छ । प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

सभापति पुनले नक्कली सुन काण्ड, ललिता निवास प्रकरण, नक्कली शरणार्थी जस्ता विषयमा अनुसन्धानमा कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताउनुभयो । उहाँले कांग्रेसको संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान पनि सुरु गरिएको बताउनु भयो ।

उहाँले कांग्रेसको संगठन वडा तहसम्म मजबुद बनाएर लैजाने रणनिति पनि रहेको जानकारी दिनुभयो । कार्यक्रम प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता ,उपाध्यक्ष सरिता भुसालको स्वागत मन्तव्य ,सचिव विष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रम नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु खनाल (मुस्कान),कोषाध्यक्ष प्रकाश राना,जिल्ला पाटी सभापति केशव श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै