२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

नरैनापुरका मुस्लिम समुदायले मोहम्मद डे भब्य र सभ्य मनाउने

spot_img
 बुटवल । नरैनापुर गाउँपालिकामा मुस्लिम समुदायले ईस्लाम धमर्का प्रवर्तक हजरत पैगम्बर मोहम्मद जन्मदिनको अवसरमा बृहद र्यालि शान्तिपूर्ण निकाल्ने निर्णय गरेको छ ।
नरैनापुर गाँउपालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख अतिथिमा मोहम्मद डे मनाउन नरैनापुर गाँउपालिका वडा न.१ देखि ६ सम्मका स्थानीयहरुको बिच बिभिन्न विषयमा छ्लफल भएको हो ।
उक्त कार्यक्रमको अवसरमा शान्तिपूर्णले र्यालि निकाल्ने विषयमा बुन्दागत छलफल भएको थियो। सो क्रममा मौलाना जावेद खांले बताए मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए । उनले हरेक धर्म, संस्कृति र भाषाको समृद्धी, संरक्षण र विकासका लागि स्थानीय सरकारले देखाएको सक्रियता प्रसंसनीय रहेको भन्दै धन्यवाद समेत व्यक्त गरे ।
इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । सोही दिन उनको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरी मोहम्मद डे मनाउने गरेका छन् ।
मुस्लिम जमातका अध्यक्ष र नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले भने नरैनापुरका मुस्लिम समुदायले शान्ति भाईचारा कायम गरी एक आपसमा खुशी साट्दै पैगम्बर महम्मदको जन्मदिन मनाउन बताए । उक्त कार्यक्रममा सुरक्षाबलका डि एस पि दिपक चन्द ईलाका प्रहरी कार्यालय भगवानपुर इन्चार्ज सरोज कुमार चौधरी नरैनापुर चौकी इन्चार्ज पुष्कर जोसी पत्रकार डाक्टर नुर मोहम्मद अन्सारी उलमा काउन्सिलका अमीर मौलाना रइस खा लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै