२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

मोहम्मद डे : अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण

spot_img

बुटवल । वुटवलमा रहेको रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा नेपाल अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण गरिएको छ । ईस्लाम धर्मावलम्बीहरुका आस्थाका धरोहर हजरत मुहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

मानवता एवं भावनात्मक हिसाबले आश्रममा रहेका त्यस्ता अपाङ्गहरुको मनोबलमा सकारात्मक प्रभाव परोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईलले बताएका हुन।

नेपाल अपांग आश्रमका संचालक  डोलबहादुर थापाको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईल अलिले गरेका थिए ।

कार्यक्रममा मस्जिद समितिका बरिस्ठ उपाध्यक्ष हाजि सहमत अलिले त्यहाँ उपस्थित जनहरुलाइ      स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदाम,

संचालक समितिका महासचिव गफुर मियाँ , उपमहासचिव हसरदिन अलि  लगायतका व्यक्तित्त्वहरुले मन्तब्य राखेका थिए । उक्त आश्रममा जम्मा ४२ जना अपाङ्गहरुले आश्रय लिएको आश्रम समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै