२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

spot_img

काठमाडौं– नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी गरेको मूल्यवृद्धि फिर्ता भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले यसअघिकै मूल्य कायम हुने गरी शनिबार गरिएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिइएको जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार निगमका कार्ककारी निर्देशक उमेशप्रसाद थानीलाई बोलाएर सरकारलाई जानकारी नै नदिइ मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन वा पुनरावलोकन गर्न थानीलाई निर्देशन दिएका थिए।

पछि मन्त्रिपरिषद्‌ बैठकले समेत मूल्यवृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो।

निगमले सूचना जारी गरेर पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम भएको घोषणा गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै