२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

विद्यार्थीसँग हरेक नागरिकले अपेक्षा गरेका छन् : तरुण अध्यक्ष गुरुङ

spot_img

बुटवल । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विद्यार्थीलाई स्वदेशमा अध्ययन गरेर विकास निर्माणको काममा लाग्न अपील गरेका छन् ।

बिहीबार काठमाडौंमा नेपाल विद्यार्थी संघ, ग्रामीण आदर्श बहुमुखी क्याम्पस इकाइ कार्यसमितिद्वारा आयोजित शुभकामना आदान प्रदन कार्यक्रममा गुरुङले विद्यार्थीबाट जनताहरूले ठूलो अपेक्षा राखेको बताए । उनले विद्यार्थी र युवाहरूलाई विदेश जानबाट रोक्न नसकेकोमा चिन्ता जनाएका छन् ।

उनले भने, ‘विद्यार्थीसँग हरेक नागरिकले अपेक्षा गरेको छ । अपेक्षा राखेको छ । देशलाई बचाउने जिम्मेवारी युवाहरूको हो ।’

‘विदेश जाने क्रम बढेको छ । युवा विद्यार्थीलाई रोक्न सकेका छैनौँ’, अध्यक्ष गुरुङले भने, ‘नेपालीहरूलाई आशा जगाउने काम तपाईहरूले गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका इकाइ सभापति मुक्ति पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । दशैँ, तिहार लगायतका चाढपर्वको अवसरमा नेविसंघले शुभकामना आदान प्रदानका लागि कार्यक्रम राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै