२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

नरपानीमा कार्तिक २१ गतेबाट वार्ड स्तरिय भलिवल प्रतियोगिता

spot_img

बुटवल । “नरपानी, सुपा देउराली, जगत यस क्षेत्रको सान, कला सस्कृती र पर्यटन सहित स्वास्थका लागि खेलकुद अभियान “ भन्ने नारासहित सन्धिखर्क —६ को नरपानीमा भलिवल प्रतियोगिता हुने भएको छ । गंगासरोवर युवा क्लवको आयोजनामा कार्तिक २१ गतेबाट प्राकृतिक सुन्दरताले भरिएको पर्यटकिय स्थल नरपानी भेलिचौर डांडामा वडा स्तरिय भलिवल प्रतियोगिता २०८० हुने भएको हो ।

आयोजक क्लवका अध्यक्ष अरुण रायमाझीले नेपाली हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर भलिबल प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४५ हजार १ सय ५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३५ हजार १ सय ५ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि तृतीय टिमलाई नगद २० हजार, १ सय ५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ विभिन्न खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागेको उनले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य वसन्त भुसाल (अमर निर्माण सेवा सन्धिखर्क –१), द्वितीय पुरस्कार राशी सौजन्य राम बहादुर थापा (अमेरिका), तृतीय पुरस्कार सौजन्य देउराली क्याम्प फायर रिसोर्ट नरपानी प्रो खिम बहादुर थापाले गरेका छन । प्रतियोगितामा भाग लिन टिम दर्ता शुल्क २ हजार रुपैया राखिएको छ । समूह दर्ता कार्तिक १८ गते देखि २१ गते तोकिएको क्लबका सचिव हिमकान्त पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै