२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

spot_img

कृष्णनगर, । नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ।

नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य, बिशेष अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज मौलाना मशहूद खां नेपाली रहेका थिए।
बैठकमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमंत्री भए पछि जनताको पक्षमा धेरै राम्रा काम हरू गरेको, भ्रष्टाचारि हरूलाई कार्वाहीको दायरामा लाएको, अहिले जनता माओबादी केन्द्र प्रति आकर्षित भएको र अब पार्टी देशव्यापी रूपमा सशक्त भएर जाने बताए।

कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रका अध्यक्ष हाम्रो घरका अभिभावक जस्तै छन्, अगुवाले भनेको कुरा हामीले मान्नु पर्ने हुन्छ, नेपाली हरू विदेश पलायन हुनु अहिलेको प्रमुख चुनौतीको रूपमा रहेको, माओबादी केन्द्र पार्टी जनयुद्ध र संघर्ष पार गरेर आएको पार्टी हो तसर्थ जनताको सुख दुःखमा सधै अग्रपंक्तीमा रहने गरिएको छ। चार महिने पार्टी जनजागरण तथा शुद्धिकरण अभियानले जनताको घरदैलोमा पुगि जनताको मन मनमा माओबादी केन्द्रको उपस्थित रहेको, मधेसी, जनजाति, आदिवासी, मुस्लिम, महिला , अल्पसंख्यक लगायतको हक अधिकार दिलाउन पार्टीको भूमिका अविस्मरणीय रहने बताउदै फालगुन १ गते भव्यताका साथ जनयुद्ध दिवस मनाउने गरि तयारीमा जुट्न पार्टी समर्थक सम्पूर्ण लाई आह्वान गरेका थिए।

कार्यक्रममा गणेश प्रसाद बन्जाडे, तुफेल आलम खां, प्रहलाद यादव, अजय कुमार गोयल, खुर्सेद आलम खां, दयानन्द त्रिपाठी लगायत पार्टी समर्थक नेता कार्यकर्ता हरूको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै