२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका बिषय नसमेटिनु दुखद : अध्यक्ष लम्साल

spot_img

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुखद भएको बताउनुभएको छ।

प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै संचार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुखद भएको बताउनु भयो ।

`प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौती बारे महासमिति बैठकमा कुनैपनी प्रतिवेदनमा केही आएन,कांग्रेस जस्तो लोकतान्त्रिक दलले संचार क्षेत्रको विषयमा केही नबोल्नु दुखद छ´ लम्सालले भन्नुभयो ।

उहाले कांग्रेसलाई गुट बनाउन र आफ्न्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै कांग्रेसले आफुलाई बलियो बनाउन सबै तहका नेताहरु सुध्रिनु पर्ने बताउनु भयो ।

लम्सालले पाटिबाट निर्वाचित बनेका नेताहरुमा वडा तह, प्रदेश तह र केन्द्र तह सम्म भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरुले अवसर गुमाउनु परेको बताउनुभयो।
महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई ब्यवस्थित गर्न सकिने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै