२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियन आग्रह

spot_img

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनले आग्रह गरेको छ । धुलीखेलमा बसेको प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो आग्रह गरेको हो ।

प्रेस युनियन महासचिव दिपीप पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको निर्वाचनमा देखिएको ढिलाइप्रति नेपाल प्रेस युनियनको गम्भीर चासो रहेको छ । सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न युनियन आग्रह गर्दछ ।’

क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्ने युनियनको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरेको छ ।

साथै युनियनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको छ। ।

पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न नयाँ पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने यनियनले निर्णय गरेको छ । ।

प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको युनियनको ठहर छ । राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण गर्दा ‘वर्ग’ घटाएर सार्वजनिक गरेको नतिजाका त्रुटि सच्याई आवश्यक प्रक्रिया पुर्‍याएर न्यायोचित रूपमा पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई हार्दिक आग्रह गर्ने युनिनयले जनाएको छ ।

यस्तै सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गर्ने युनियनको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै