२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

“बुटवलमा मुस्लिम समुदायको आवश्यकता पूरा गर्ने ‘जम जम शप’ सञ्चालनमा”

spot_img

रुपन्देही । बुटवलको  मस्जिद पथमा अवस्थित पुरानो मस्जिद भनेर चिनिने रजा-ए- मुस्तफा जामे मस्जिदको भवनमा ‘जम जम शप’ सञ्चालनमा आएको छ। यो पसलमा मुस्लिम समुदायका लागि आवश्यक पर्ने सम्पूर्ण सरसामान उपलव्ध हुनेछ ।

उक्त ´जम जम शप` रहमत दिन मियाँले संचालन गरेका छन । मियाँका अनुसार ‘जम जम शप’ मा , इस्लामीक टोपी, अत्तर , कुरान, नमाजका चटाई, जय नमाजहरु, महिला पुरुष र बच्चा बच्चीका लागि इस्लामिक पोशाक घर सजावटका लागि चाहिने ईस्लामिक समान लगायतका मुस्लिम समुदायलाई आवस्यक पर्ने सम्पुर्ण सामग्रीहरु सजिलै उपलब्ध हुने बताएका छन।

यो पसलको अर्को महत्वपूर्ण विशेषता भनेकै मुस्लिम समुदायका लागि साउदी अरबको मक्का-मदिना हज यात्राका लागि भिसा, टिकट, गाडी व्यवस्थापन र भारतको अजमिर शरीफ, निजामुद्दीन दरगाह लगायतका धार्मिक स्थलहरूमा ज्यारतका लागि विशेष यात्रा व्यवस्थापन सेवा प्रदान गर्नु हो।

सञ्चालकले बताए अनुसार, “हामीले यो पसल सञ्चालन गर्दा मुस्लिम समुदायलाई धार्मिक तथा सांस्कृतिक जीवनलाई सहज बनाउनका लागि विशेष ध्यान दिएका छौँ। यहाँ ग्राहकहरूले चाहेका सबै सामान र सेवाहरू एकै ठाउँमा पाउन सक्नेछन्।”

स्थानीय मुस्लिम समुदायका व्यक्तिहरूले ‘जम जम शप’ को प्रशंसा गर्दै यसले धार्मिक र सांस्कृतिक रूपमा ठूलो सुविधा प्रदान गरेको बताएका छन्। एक स्थानीय बासिन्दाले भने, “पहिले यी सामानका लागि काठमाण्डौं या भारतसम्म जानुपर्ने बाध्यता थियो। अब यस्ता सुविधाहरू हाम्रो घरनजिकै पाउँदा खुसी लागेको छ।”

‘जम जम शप’ ले मुस्लिम समुदायको आवश्यकतामात्र नभई धार्मिक यात्राको व्यवस्थापनमार्फत धार्मिक आस्थामा थप सहजता र सरलता ल्याउने अपेक्षा गरिएको छ। बुटवल र आसपासका क्षेत्रका मुस्लिम समुदायका लागि यो पहल एक महत्वपूर्ण माइलस्टोन बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै