२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

अर्घाखाँचीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही, अनावश्यक लाइट र स्पिकर हटाइयो

spot_img

अर्घाखाँची । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाही गर्दै अर्घाखाँची प्रहरीले अनावश्यक रूपमा राखिएका लाइट तथा स्पिकर हटाउने अभियान चलाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्र.ना.नि. निरज गौतमको कमाण्डमा सात जना प्रहरीको टोलीले सन्धिखर्क नगरपालिका–१ हाटबजार क्षेत्रमा सवारी चेकजाँच गरी २५ वटा सवारी साधनमा राखिएका अनावश्यक लाइट तथा स्पिकर हटाएको हो।

यस्तै, अस्थायी ट्राफिक प्रहरी पोस्ट ठाडाबाट प्र.स.नि. काशिनाथ चौधरीको नेतृत्वमा खटिएको अर्को टोलीले १२ वटा सवारी साधनबाट अनावश्यक लाइट तथा स्टिकर हटाएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनाको प्रमुख कारणमध्ये एक अनावश्यक लाइट र अन्य भिजुअल अवरोध भएकाले ती हटाउने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले यो अभियानलाई निरन्तरता दिने बताएको छ।

सवारी नियमको पालनामा कडाइ गर्न तथा दुर्घटना न्यूनीकरण गर्न प्रहरी सक्रिय रहेको र नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई थप कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै