३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बीएमबी स्कुलद्वारा वार्षिक खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

spot_img

बुटवल । बुटवलको बेलबासस्थित बीएमबी स्कुलको आयोजनामा वार्षिक खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको खेलकुद कार्यक्रममा क्रिकेट, रस्सी तान्ने, कबड्डी, २०० मिटर दौड, मार्चपास लगायतका विभिन्न खेल प्रतियोगिता समावेश गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि व्यवस्थापन समितिका सचिव हाजी अक्बर खान हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक अधिवक्ता मञ्जु बस्यालले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि अफ्जाल मिया, ईशाक खान, अनुर मियाँ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यस्तै, कार्यक्रमलाई अझ विशेष बनाउन अभिभावकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

खेलकुद कार्यक्रमको शुभकामना मन्तव्य अफ्जाल खानले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मण केसीले गर्नुभएको थियो।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै विद्यालयले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ।

विद्यालय प्रशासनका अनुसार, आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै