८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

नेपाल मुस्लिम संघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशन स्थगित, ११ जिल्लाका प्रतिनिधिहरूको असन्तुष्टि

spot_img

बुटवल – नेपाल मुस्लिम संघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित गरिएको छ। ११ जिल्लाका प्रतिनिधिहरूले चुनावको माग गर्दा पनि निर्वाचन प्रकृया अघि नबढाइएपछि केन्द्रिय नेताहरू बैठकबाट जबरजस्ती हिँडेको आरोप लागेको छ।

प्रदेश अधिवेशनमा आफ्ना मनोनित नेतृत्व नहुने भएपछि केन्द्रीय नेताहरूले अधिवेशनलाई अवरुद्ध गरेको आरोप स्थानीय प्रतिनिधिहरूले लगाएका छन्। उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै चुनाव गराउन दबाब दिएका थिए।

नेपाल मुस्लिम संघको केन्द्रिय समिति र निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्। अधिवेशनको नयाँ मिति कहिले निर्धारण गरिन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिइएको छैन।

प्रतिनिधिहरूले यस निर्णयको विरोध गर्दै संघमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाइएको बताएका छन्। साथै, निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनीहरूको भनाइ छ।

उक्त प्रथम अधिबेशनको उद्घाटन शत्र भने भब्यताका साथ सम्पन्न भएको छ र अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले गरेका थिए।

(थप विवरण आउँदै…)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै