८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अरब देशमा आइतबार ईद, नेपालमा सोमबार मनाइने

spot_img

काठमाडौं । अरब देशमा आगामी आइतबार (मार्च ३०) ईद उल-फित्र मनाउने घोषणा गरिएको छ । शनिबार साउदी अरब, यूएई, कतार, कुवेत, बहराइनलगायतका मुस्लिम राष्ट्रहरूले ईदको चन्द्रमा देखिएको पुष्टि गर्दै आइतबार ईद मनाउने निर्णय गरेका हुन् ।

अरब देशहरूमा चन्द्रमा देखिएको पुष्टि भएसँगै नेपालमा ईद उल-फित्र सोमबार (मार्च ३१) मनाइने निश्चित भएको छ । इस्लामिक परम्परा अनुसार नयाँ चन्द्रमा देखिएपछि रमजान महिना सकिन्छ र ईद मनाइन्छ । नेपालमा साउदी अरबको निर्णयअनुसार एक दिन ढिलोगरी ईद मनाउने चलन छ ।

नेपालका मुस्लिम समुदायले पनि सोमबार विशेष नमाज, भेटघाट र दानदक्षिणाका साथ ईद मनाउने तयारी गरेका छन् । मुस्लिम आयोग, नेपाल इस्लामिक संघ तथा विभिन्न धार्मिक संस्थाहरूले ईदको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै