२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

रास्वपा सांसदको विरोधका बिच संसद बैठक संचालन

spot_img

काठमाडौं । विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए ।

लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । यदि बैठक सन्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।

लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । परियारले पनि बैठक जबर्जस्ती सन्चालन नगर्न माग गरे । तर सभामुख रोकिएनन् । उनले बजेटमाथिको छलफलका लागि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका छन् । साभार#onlinekhar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै