८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

सन्धिखर्क १ द्धारा टोल विकास संस्थासँग राय सुझाव संकलन

spot_img

बिष्णु खनाल । सन्धिखर्क नगरपालिका वडा नं. १ ले टोल विकास संस्थाहरुसँग राय सुझाव संकलन कार्य सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि संस्थाका पदाधिकारीहरुसँग राय सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको हो ।

वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा वडाभित्र रहेका ३१ वटा टोल विकास संस्थाका पदाधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि सकारात्मक सुझाव दिएका थिए । वडा कार्यालयले उज्यालो वडा, अस्फाल प्रविधिबाट बजार क्षेत्रका सडक पिच, नाली निर्माण गर्नका लागि सफल भएको धारणा राखेका थिए । वडा नं. १ सन्धिखर्कको मुटु भएको र यहाँको तीव्र विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने सहभागीहरुले बताएका थिए । उनीहरुले वडाबासीको अति आवश्यकताको आधारमा बजेट विनियोजन गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले आफ्नो टोलको विकासका लागि चनाखो भएर लाग्न संस्थाका पदाधिकारीलाई आग्रह गरे । प्रशासकीय अधिकृत भुसालले सन्धिखर्क वडा नं. १ अर्घाखाँची जिल्लाको महत्वपुर्ण वडा भएकाले पनि यहाँको विकास लागि नगरपालिकाबाट हुने सहयोगमा कुनै कमि नराख्ने बताए ।

यस्तै समीक्षा तथा राय सुझाव संकलन कार्यक्रममा वडाध्यक्ष माधव श्रेष्ठले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना/आयोजना, सेवा प्रवाह लगायतका विषय जानकारी गराएका थिए । वडाध्यक्ष श्रेष्ठले वडाले आगामी वर्षका लागि पाएको बजेटका विषयमा समेत स्पष्ट पारेका थिए । वडाध्यक्ष श्रेष्ठले टाेल विकास संस्थाबाट आएका रचनात्मक सल्लाह सुझाव ग्रहण गर्दै जाने बताए ।

कार्यक्रममा नगरपालिकामा सन्धिखर्क नगरपालिका राजश्व शाखा प्रमुख मुक्तिराम खनाल, वडा सदस्यहरु श्रीधर मुखिया, सुन्तली श्रेष्ठ, भगवति पाण्डे सुनार, प्राविधिक सुमित गौतम लगायत टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडाध्यक्ष माधव श्रेष्ठको अध्यक्षता, वडा सदस्य बावुराम पन्थीको स्वागत मन्तव्य र वडा सचिव पुष्पा भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै