२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

प्रस्तावित अर्घाखाँची जेसिजद्वारा ‘JCI with in Us’ एक दिवसीय तालिम कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची – प्रस्तावित अर्घाखाँची जेसिजको आयोजनामा ‘JCI with in US’ शीर्षकमा एक दिवसीय तालिम कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा ओमहरि आचार्यको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल उपस्थित हुनुहुन्थ्यो।

अतिथिका रूपमा नेपाल जेसिजका अध्यक्षका प्रमुख सल्लाहकार तथा JCI सिनेटर बिजय गुरुङ, अतिथिका रूपमा पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसिआई सिनेटर राजु पौडेल, र पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अर्घाखाँची जेसिजका सल्लाहकार चन्द्रमणि भुसालको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव जेसि सुरज रायमाझीले गर्नुभएको थियो भने कार्यकारी उपाध्यक्ष जेसि कृष्ण भुसालले स्वागत मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा जेसिज आस्था बाचन जेसि बिष्णुप्रसाद भुसालले र मिसन–भिजन बाचन प्रवेस भुसालले गर्नुभएको थियो।

तालिममा “जेसिज भनेको के हो?”, नेतृत्व विकास, व्यक्तित्व विकास र उद्यमशीलतामा कसरी जोडिन सकिन्छ?” भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। तालिमको सहजीकरण जेसिआई सिनेटर तथा पूर्व राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा ४१ जना जेसिज युवाहरूले सहभागी भएर नेतृत्वदक्षता, सामाजिक उत्तरदायित्व र व्यवसायिक सोचको विकासका विषयमा ज्ञान प्राप्त गरेका थिए।

प्रस्तावित अर्घाखाँची जेसिजले यस्तो कार्यक्रमको माध्यमबाट जिल्लामा युवालाई सशक्त बनाउँदै नेतृत्व विकासको अभियानलाई अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै