२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

मुकुल ढकाल अझै रास्वपा महामन्त्री : निर्वाचन आयोग

spot_img

काठमाडौं । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महामन्त्री डा। मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा. मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोवारे सूचना माग गरेर निवेदन लेखेका थिए । त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन् । २० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो । त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए ।

त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा। मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए ।

त्यहीदिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष अनि तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखबाट देखिन्छ । ‘त्यसयता राष्ट्रिय स्वतन्त्र पार्टीका कुनैपनि विवरण अद्यावधिक भएको छैन,’ निर्वाचन आयोग सम्बद्ध स्रोतले भन्यो, ‘अहिले पनि पार्टीको महामन्त्रीमा डा। मुकुल ढकालको नाम छ, त्यही विवरण नै आधिकारिक हो ।’

निर्वाचन आयोगको यो पत्रले मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको मान्यता दिएको देखिन्छ । रास्वपाले उनलाई कारबाही गरी दलबाट निष्कासित गरेको भएपनि आयोगले भने कारबाही सहितको त्यो विवरण आफ्नो अभिलेखमा राखेको छैन । यतिसम्म कि, सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारी त्यागेको भएपनि त्यो विवरण समेत आयोगमा पुगेर अद्यावधिक हुन सकेको छैन । निर्वाचन आयोग उच्च स्रोतले आयोगमा सरसल्लाह भएरै पत्र जारी भएको पुष्टि गर्‍यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै