बिष्णु खनाल । छत्रदेव गाउँपालिकाकाले आगामी आर्थिक वर्षदेखि आफैंबाट सुरु गरौं परिवर्तन यात्रा अभियान लागु गर्ने भएको छ ।
गाउँ सभाको २० औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकस्मिक विपद् व्यवस्थापनका लागि भन्दै यो अभियान सुरु गर्न लागिएको बताउनुभयो । आकस्मिक विपद् व्यवस्थापनमा उपयोग गर्नका लागि प्रत्येक जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबाट दिनहुँ ५ रुपैयाँ कोषमा संकलन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भैपरि आउने विपद् व्यवस्थापन लागि भन्दै गाउँपालिकाले यो अभियान सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाले आगामी आ.व.मा आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, सार्वजनिक सेवा प्रवाहलाई जोड दिने बताएको छ ।
छत्रदेव गाउँपालिकाले आ.व.२०८१/०८२ को बजेट असार १० गते ल्याउँदै छ ।












