२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

spot_img

चितवन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका-डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन ।

शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै