१ साउन २०८२, बिहिबार
spot_img
१ साउन २०८२, बिहिबार
spot_img

बैंकिङ कसुर मुद्दामा प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

spot_img

लुम्बिनी । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ । रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो ।
यता, जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले भने उनको व्यक्तिगत लेनदेनको विषय भएकाले पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको बताए । यसअघि उनी जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् । माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषद्मा उनी कृषि मन्त्री बनेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै