१ साउन २०८२, बिहिबार
spot_img
१ साउन २०८२, बिहिबार
spot_img

रेसुङ्‍गा नगरलाई ‘हरित शहर’ का रूपमा विकास गरिने

spot_img

तम्घास । गुल्मीको रेसुङ्‍गा नगरपालिकालाई ‘हरित शहर’ बनाउने घोषणा गरिएको छ ।

नगरपालिकाले वातावरणमैत्री विकास र दिगो भविष्य सुनिश्चित गर्न हरित शहरको अवधारणा सार्वजनिक गर्दै दीर्घकालीन लक्ष्यअनुसार रेसुङ्‍गालाई हिल स्टेसनको रूपमा विकास गर्ने नीति अघि सारेको हो ।

नगर प्रमुख खिलध्वज पन्थीले १७ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रेसुङ्‍गालाई हरित, स्वच्छ र पर्यटकीय नगर बनाउने संकल्प व्यक्त गरेका छन् ।

उनले शिक्षा, स्वास्थ्य र पर्यटनलाई आधार मानेर नगरलाई हिल स्टेसनको रूपमा प्रवर्द्धन गरिने जानकारी दिए । यस योजनाअन्तर्गत नगर क्षेत्रमा वृक्षारोपण, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन, पर्यावरणीय संरक्षण तथा स्मार्ट सुविधायुक्त संरचनाको विकास गरिने बताइएको छ ।

साथै, रेसुङ्‍गा डाँडासहितका प्रमुख प्राकृतिक र धार्मिक गन्तव्यहरूलाई व्यवस्थित गरी पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै