२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

आज राति कोशी, बागमती र मधेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

spot_img

मधेश बाहेकका प्रदेशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ । कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, सूदुरपश्चिम र कर्णाली प्रदेशमा भने हल्का पानी परिरहेको छ । पछिल्लो १ घण्टामा सबैभन्दा धेरै काठमाण्डौको सुन्दरीजलमा रहेको धाप ड्याममा २७ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै ललितपुर, मकवानपुर, मोरङ, इलाम, मुगु, बझाङ, दार्चुलालगायतका जिल्लामा पनि पानी परेको छ ।

आज राति कोशी, बागमती र मधेश प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हरि दाहालले बताउनुभयो ।

यसैबीच वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणखोलामा बाढी आएकाले खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकको लार्चामा रहेको अरनिको राजमार्गको भोटेकोशी खोलामा बाढी आउँदा पूर्णरूपमा अवरुद्ध भएको सडकमा साना गाडी आवतजावत गर्ने गरी चलेको छ । ठूला गाडी भने बेलिब्रिजकाे भारवहन क्षमता जाँच भएपछि मात्र चल्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै