इरानले अमेरिकालाई जबाफ दिने बताएको छ । अमेरिकाले इरानको आणविक भट्टीहरूमा आइतबार बिहान आक्रमण गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले त्यसको जबाफ दिने बताएका हुन् ।
हाम्रो आणविक पूर्वाधारमा आक्रमण गरेर अमेरिकाले सीमारेखा पार गर्यो। हामीले जबाफ दिनैपर्छ,’ अराघ्चीको भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ । अराघ्चीले अमेरिकालाई जबाफ दिनू इरानको आत्मरक्षाको अधिकार नै हो भनेका छन् ।
उनले कुटनीतिक तवरबाट समाधान गर्नका लागि कति ठाउँ खाली छ भन्ने विषय आफूलाई थाहा नभएको बताए । उनले वाशिङ्टनको कदमले निम्त्याउने आक्रामक र खतरनाक परिणामको जिम्मेवार ऊ आफै हुने पनि बताएका छन् । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल आपतकालीन बैठक बोलाएर अमेरिकाको आपराधिक आक्रमणलाई स्पष्ट रूपमा निन्दा गर्नुपर्ने र वाशिङ्टन प्रशासनलाई यसको अन्तर्राष्ट्रिय कानुन उल्लंघनका लागि जवाफदेही बनाउनुपर्ने बताए ।
अमेरिकाले शनिबार बिहान इरानका तीन परमाणु अड्डाहरूलाई लक्ष्य गरेर बम खसालेको थियो। आक्रमणबाट फर्दो, नतान्ज र इस्फहानमा हमला गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणबाट ती सबै परमाणु संरचना ध्वस्त पारिएको बताएका छन् । इरानले भने यसबारेमा केही भनेको छैन ।