२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

spot_img

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३१ वर्षीया लक्ष्मी थापा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

उनी बिहीबार दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न जंगल गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा सोही वन क्षेत्रको किरा चौर भीरबाट करिब १५/२० मिटर तल खसेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ । प्रहरीका अनुसार मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा छन् भने उनका दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै